मंगलबार, माघ २४, २०७९

प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौंः शेरबहादुर देउवा

फ्ल्यासन्युज नेपाल२०७८ चैत १० गते १८:०४

नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् ।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उनले भने ।

अन्य पार्टिको योगदानलाई नविर्सने र निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया