शुक्रबार, माघ १३, २०७९

एमाले नेता चीन भ्रमणमा

फ्ल्यासन्युज नेपाल२०७८ चैत ७ गते ११:३२

नेकपा एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदैछ। उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान चीन जान लागेको हो । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुनुहुन्छ । प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय बिभागको निमन्त्रणमा चीन जाने लागेको टोलीले बिभागका प्रमुख प्रमुख सोङ ताओ सहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा दुई देश बीचको सम्बन्ध , दुई पार्टीको सम्बन्ध , नेपालको गरिबी निबारणमा चिनको सहयोग र सुझाब लगायताका बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणको पूर्वसध्यामा एमालेको उच्चस्तरीय भ्रमण हुन लागेको हो।विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका अबस्थाको बारेमा छलफल हुने जनाईएको छ ।

तपाइँको प्रतिक्रिया