मंगलबार, माघ २४, २०७९

वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध -जेलेन्स्की

फ्ल्यासन्युज नेपाल२०७८ चैत ७ गते ११:२६

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ हुने बताएका छन् ।

सीएनएन टेलिभिजनसँग आइतबार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको जनाए । जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरेका छन् ।

‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ जेलेन्स्कीले भने । यद्यपि रुससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे ।

जेलेन्स्कीका अनुसार युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य भएको भए ‘युद्ध शुरू हुने थिएन’ । ‘नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्‍यो । किनकि हरेक दिन मानिसहरू मरिरहेका छन् ।’ बीबीसीबाट

तपाइँको प्रतिक्रिया