शनिबार, माघ २१, २०७९

बाइडेन र सीबीच झन्डै दुई घन्टा भिडिओ कुराकानी

फ्ल्यासन्युज नेपाल२०७८ चैत ४ गते २२:११

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।

ग्लोबल टाइम्सका अनुसार बाइडेन र सीबीच १ घन्टा ५२ मिनेटसम्म भिडिओ कुराकानी भएको हो।

उनीहरूको कुराकानी रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यससँग सम्बन्धित विषयमा केन्द्रीत थियो। कुराकानीका क्रममा सीले युक्रेनमा अहिले देखिएको संकट आफूहरूले हेर्न चाहेको विषय नभएको उल्लेख गरेको सिन्ह्वाले जनाएको छ।

अमेरिका र चीनले दुई देशको सम्बन्धलाई सही मार्गमा हिँडाउन मात्र होइन विश्व शान्तिका लागि आफ्नो जिम्मेवारी पूरा गर्न पनि काँधमा काँध मिलाउनु पर्ने सीको भनाइ थियो।

तपाइँको प्रतिक्रिया