शुक्रबार, माघ १३, २०७९

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

फ्ल्यासन्युज नेपाल२०७८ चैत ४ गते २२:०६

अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। नाबालिक गायिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका शाहलाई तेश्रो पटक म्याद थप गरेको हो।

गत फागुन १५ गते पक्राउ परेका पललाई शाह यसभन्दा अगाडी १ हप्ता र १२ दिन गरि दुई पटक म्याद थप गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ।

नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न नसकेपछि समय थप गरेको हो।

तपाइँको प्रतिक्रिया