स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
फ्ल्यासन्युज नेपाल२०७८ चैत ४ गते २२:०३
स्थानीय तहको निर्वाचनकालागी निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याएको छ ।
आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गरी दुई दिन उम्मेदवारी दर्ता हुनेछ ।
उम्मेदवारबारे उजुरी दर्ता लगायत प्रक्रियापछि वैशाख १५ गते अन्ति नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।
त्यस्तै, उम्मेदवारले वैशाख १६ गते नाम फिता लिन सक्नेछ । त्यसपछि १६ गते नै साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नाम सार्वजनिक गरिने तथा १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
वैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहको निर्वाचन हुने छ ।
मतदान हुनु ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने आयोगले जनाएको छ ।