१४ सांसदविरुद्धको रिटको सुनुवाई चैत्र २० गते
फ्ल्यासन्युज नेपाल२०७८ फागुन २९ गते २२:३२
नेकपा एमालेले पार्टीको हितविपरित काम गरेको भन्दै कारवाही गरेका १४ सांसदहरुविरुद्ध दायर गरेको रिटमाथि चैत्र २० गते सुनुवाई हुने भएको छ। आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले चैत्र २० गते सुनुवाई हुनेगरी मिति तोकेको हो।
पार्टीको नीति र निर्देशनविपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको थियो। तर कारवाहीकै बेला माधवसहितका नेताहरु निर्वाचन आयोगमा स-शरीर उपस्थित भएर नयाँ पार्टी दर्ता गरेपछि एमालेले उनीहरुविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो।
रिटमा एमालेले कारवाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्ने, ती सांसदहरु आवद्ध भएको एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने लगायतका माग राखिएका छन्।