मंगलबार, माघ २४, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग संसदमा पेश

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २९ गते २०:२०

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग पेश भएको छ ।

बैठकमा महाभियोगका प्रस्तावक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।

महाभियोग प्रस्ताव पेश भएपछि संसद बैठक चैत २ गतेसम्मको लागि स्थगित गरिएको छ । संसदमा पेश प्रस्तावमाथि आगमी बैठकमा छलफल हुने सभामुख अग्नि सापकोटाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया