मंगलबार, माघ २४, २०७९

भारतद्वारा युक्रेनबाट चार जना नेपालीलाई पनि उद्धार

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २८ गते २३:२५

भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । उनीहरु भारत हुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यावाद व्यक्त गर्नुभएको छ ।

‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेख्नुभएको छ ।

तपाइँको प्रतिक्रिया