शुक्रबार, माघ १३, २०७९

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २८ गते २३:१६

हुम्लाको सदरमुकाम सिमकोटस्थित तल्ला गाउँमा आगलागी भएको छ। बालबालिकाले खेल्दै गर्दा स्याउलाको खातमा सल्काएको आगोले एक गोठ जलेर नष्ट भएको छ। आगलागीबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम रावत र चक्र रावतको दाउरासमेत जलेर नष्ट भएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय, प्रहरी र सशस्त्र प्रहरी मिलेर आगलागी नियन्त्रणमा आएको छ।

तपाइँको प्रतिक्रिया