संखुवासभामा बस दुर्घटना: १३ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ फागुन २६ गते १०:२३
संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा करिब २५ जना रहेको अनुमान छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अहिलेसम्म १३ जनाको शव निकालिएको छ ।
पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।