बिहीबार, माघ २६, २०७९

मत पत्र हरीयो हुँदैमा कांग्रेसले चुनाब जित्दैन – अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २५ गते १७:५२

रंगेलीका नगर प्रमुख र उपप्रमुखलाई एमाले प्रवेश गराउन बुधबार मोरङ गएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो नै बनाएको बताए।

उनले भने, ‘अब कांग्रेसमा लागेर केही हुनेवाला छैन। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरँदैन।’ पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रंग बदलेर हरियो बनाउने निर्णय गरेकोमा आपत्ति जनाएका ओलीले रंगेलीमा पनि त्यसविरुद्ध आक्रोश पोख्दै कांग्रेस र निर्वाचन आयोगको आलोचना गरे।

‘कांग्रेसको सुकेको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गर्‍यो। चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,’ ओलीले भने, ‘कांग्रेससँग देश बनाउने नीति पनि छैन, विचार पनि छैन। अब कांग्रेसको दाँत मात्रै झरेको होइन उसको रूखै सुकिसकेको छ।’ ओलीले भने।

तपाइँको प्रतिक्रिया