शनिबार, माघ २१, २०७९

अनसनरत नोबेल कलेजका विद्यार्थीहरुको पक्षमा सरकार

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २३ गते १५:३६

अतिरिक्त फी र होस्टेल अनिवार्य बनाइदिएको विरोधमा अनसनरत नोबेल मेडिकल कलेज, विराटनगरका विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो । समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरु पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पु¥याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन दिनु भयो । सभापति घर्तीले नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कलेजले कानूनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

तपाइँको प्रतिक्रिया