शुक्रबार, माघ १३, २०७९

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँचजनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २३ गते १५:२३

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँचजना मृत फेला परेका छन् ।

उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन् ।

वडाध्यक्ष तीर्थराज घलानका अनुसार घरमा जम्मा सात जना हुन् । जेठा छोरा राजु स्याङताङचाहिँ अर्को घरमा छुट्टै सुतेकाले उनलाई केही हुन पाएन ।

सुत्केरी र बच्चालाई न्यानो बनाउनका लागि कोइराला बाल्दा कार्बनडाइअक्साइड अत्याधिक उत्पन्न भएको, हावा छिर्न नसक्ने गरी झ्याल–ढोका बेस्सरी लगाइएकोले अक्सिजनको आवातजावत हुन सकेन र मृत्यु भएको हुन सक्ने अनुमान गरीएको छ ।

तपाइँको प्रतिक्रिया