मंगलबार, माघ २४, २०७९

दमौलीको आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईयो

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २२ गते १२:४६

तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली चोकमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ ।
जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ।
यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो । बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया