शुक्रबार, माघ १३, २०७९

एमसीसी अनुमोदनबारे एमालेको धारणा के हो ? (पूर्णपाठसहित)

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १७ गते १७:००

मुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसी पारितबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत एमालेले आफ्नो धारणा व्यक्त गरेको हो ।

एमालेले एमसीसी अनुमोदन निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।’

त्यस्तै एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने बताएको छ ।

यस्तो छ अध्यक्ष ओलद्वारा जारी प्रेस वक्तव्य:
MCC press release edited

तपाइँको प्रतिक्रिया