प्रचण्डको पत्रकार सम्मेलन दिउसो ३ बजे
फ्ल्यासन्युज नेपाल२०७८ फागुन १६ गते १४:०४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन्।
एमसिसी पास भएपछि पहिलोपटक उनले आफ्नै निवास खुमलटारमा पत्रकाहरूलाई भेटघाटमा बोलाएका हुन् ।
पछिल्लो समय एमसिसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको सर्वत्र आलोचना भएको छ ।
प्रतिनिधि सभाको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेतापनि एमसिसीको विषयमा प्रचण्डले प्रतिनिधि सभा बैठकमा कुनै धारणा राखेका थिएनन् ।
पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ ।