बिहीबार, माघ २६, २०७९

काठमाडौँमा बन्दको प्रभाव सामान्य

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १६ गते १०:००

विप्लव नेतृत्वको नेकपासहितका ६ दलले एमसीसीको विरोधमा आवहान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।

विभिन्न ठाउँबाट ६ जना बन्दकर्ताहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीर्ले बताएका छन् । बन्दकर्ताले सुकेधारामा दूधको गाडी, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड गरेका छन् । बिहानै देखि सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाइँको प्रतिक्रिया