बिहीबार, माघ २६, २०७९

प्रतिनिधिसभाबाट एमसिसी सम्बन्धी सम्झौता ध्वनि मतले पारित

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १५ गते २१:२५

आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको छ । एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ ।
पछिल्लो समय नेपाली राजनीति मूख्य विषय बन्दै आएको एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो ।

सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएको छैन ।

एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए भने सांसद भीम रावल चाही छलफल प्रक्रियामा सहभागी भएका थिए । उनले रोष्ट्रममै गएरे एमसिसी पारित गर्नु नहुने धारणा राखेका थिए।

संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ उक्त रकम सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।

तपाइँको प्रतिक्रिया