मंगलबार, माघ १७, २०७९

झलनाथ खनाल, गिरिराजमणि पोखरेल र अन्जना विशंखेले मतदानमा भाग नलिने

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १५ गते १८:४४

अमेरिकी सहयोग परियोजना एमसिसी आज संसदबाट पारित हुने भएको छ । आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसी सम्झौता पारित गर्न मतदान हुनेछ ।

उक्त मतदानमा सत्तारूढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन ्।

समाजवादी पार्टीको आजै बसेको संसदीय दलको बैठकले एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो।

पार्टीले निर्णय गरे पनि एमसिसीको छलफलमा सहभागी नहुने खनालले सेतोपाटीलाई जानकारी दिए ।

यसअघि माओवादीका दुई सांसदहरु गिरिराजमणि पोखरेल र अन्जना विशंखेले पनि मतदानमा भाग नलिने भएका छन् ।

तपाइँको प्रतिक्रिया