मंगलबार, माघ २४, २०७९

एमसीसीका एक–एक दफामा छलफल हुनुपर्छ: लिङदेन

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १५ गते १७:१४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती एमसीसी पारित नगर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले संसद्ले गर्ने हरेक निर्णय ठिक नहुन सक्ने पनि बताए ।

एमसीसीमाथि रहेको आशंका मेटाउन यसका हरेक दफाको बारेमा जनतालाई जानकारी दिनुपर्ने पनि बताए ।

उनले हालै युक्रेनमा देखिएको संकटको चर्चा गर्दै हतारमा कुनै निर्णय नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

उनले भने ‘पाँच वर्षमा सकिने परियोजनालाई संसद्मा पेस गर्नुपर्ने कारण के हो ? यसलाई अन्तर्राष्ट्रिय सन्धि जस्तो मान्यता किन दिइएको हो ?’ जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया