जसपा बैठकमा एक अर्कालाई आरोप प्रत्यारोप
आज ग्वार्कोको एक होटलमा बसेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको छ ।
बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए ।
कार्यकारिणी समितिको बैठकमा एमसीसीबारे शनिबार छलफल हुने भएको छ । शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र नेताहरुलाई वितरण गरिएको र यसबारे शनिबार छलफल हुने भएको छ । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको छ । त्यसका लागि शनिबार मध्यान्ह १२ बजेका लागि बैठक राखिएको छ । यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ ।