मंगलबार, माघ २४, २०७९

पोखरामा एमालेको क्रेज, ११ सय बढीले गरे पार्टी प्रवेश

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १३ गते १९:५०

नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरी जम्मा १ हजार १ सय १० जना एमालेमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट प्रवेश गर्नेमा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति बरिष्ठ उपाध्यक्ष दीपक तामाङ, तमुवान राज्य समिति उपाध्यक्ष टाँसीमाया गुरुङ र किसान विश्वकर्मा गण्डकी प्रदेश सदस्यहरु खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ लगायत प्रवेश गरेका हुन् ।

कांग्रेसबाट एमालेमा प्रवेश गर्नेहरुमा तरुण दल पोखरा १८ का उपसभापति शंकरजंग थापा, ट्रेड युनियन कांग्रेसका नवराज बिजुक्छे लगायत रहेका छन् ।

माओवादी केन्द्रबाट पोखरा ७ का पूर्व अध्यक्ष सूर्यबहादुर कार्की, माछापुच्छ«े गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष टेकनाथ गौतम, प्रदेश कमिटी सचिवालय सदस्य राजु पराजुली लगायत प्र्रवेश गरेका छन् ।

नेकपा समाजवादीबाट कास्की जिल्ला सचिवालय सदस्य पोखरा १७ का चित्र बराल, कमल बराल, दीव्य कुमार बराल, तोरण लोहार लगायत एमालेमा प्रवेश गरे ।
राप्रपाका नेता एवं पोखराका पूर्व मेयर भीमसेन थापा एमालेमा प्रवेश गरेका छन् ।

सामाजिक व्यक्तित्व डा. सुधीर पराजुलीसमेत पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाई एमालेमा विधिवत् प्रवेश गरेका छन् ।

तपाइँको प्रतिक्रिया