प्रधानमन्त्रि देउवा ओली निवास बालकोटमा
फ्ल्यासन्युज नेपाल२०७८ फागुन १३ गते १९:४४
प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा आफै बालकोट गएको हुन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।
बालकोट जानु अगाडी प्रधानमन्त्री देउवाले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेका थिए । आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।