शनिबार, माघ २१, २०७९

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १२ गते १३:३१

आज बस्ने संसद बैठकमा सहभागी हुने तर मतदान भएमा विपक्षमा गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

यद्यपि माओवादीले अन्य पार्टीको सहयोगबाट एमसीसी पारित हुने पनि जनाएको छ ।

यसैबीच एमसीसी पेश गर्ने दिन पनि संसदमा उपस्थित नभएका अर्थमन्त्री जनार्दन शर्मा आज पनि अनुपस्थित हुने भएका छन् ।

शर्मा पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन पर्वत पुगेका छन् । उनी बुधबार नै श्रीमतीसहित बागलुङ पुगेका थिए । आज बिहान पर्वतको कुस्मास्थित द किल्फ रिसोर्टको स्काई क्याफेमा बसेको शर्मा दम्पतीको भिडियो सार्वजनिक भएको थियो ।

तपाइँको प्रतिक्रिया