बिहीबार, माघ २६, २०७९

बानेश्वर क्षेत्रमा २४०० प्रहरी परिचालन

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १२ गते १३:१९

एमसीसीको विरोधमा आज हुने प्रदर्शन लाई लक्षीत गरी बानेश्वर क्षेत्रमा २४०० प्रहरी परिचालन गरीएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजी र ¥यालीसहित प्रदर्शन गर्दै संसद् भवन क्षेत्र नयाँ बानेश्वरमा भेला भएका छन् ।

त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध ¥याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको छ ।

राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् ।

तपाइँको प्रतिक्रिया