लोसपा एमसिसीको पक्षमा
फ्ल्यासन्युज नेपाल२०७८ फागुन ११ गते १६:२३
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपाको वुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । देशले सम्झौता गरिसकेपछि पारित गराउनुपर्ने लोसपाले जनाएको छ ।
त्यस्तै, बिहीबारको संसद बैठकमा आफ्ना पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि पनि निर्देशन दिइएको छ ।
प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।