नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाण बिच भेट
फ्ल्यासन्युज नेपाल२०७८ फागुन ११ गते ११:०५
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई र गृहमन्त्री बालकृष्ण खाण बिच ओली निवास बालकोटमा बुधबार बिहान भेट भएको छ ।
मंगलबार पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य नेताहरु सँग अध्यक्ष केपी शर्मा र अरू एमाले नेताहरूको भेट बालुवाटार भएको थियो ।
एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ ।
आज बालकोटमा भएको ओली र गृहमन्त्री खाणबीच को भेटमा पनि एमसिसीकै विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
ओली र खाणबीच आधा घन्टा कुराकानी भएको थियो ।