शनिबार, माघ २१, २०७९

सर्वोच्चले एमसीसीविरुद्धको रिट दर्ता गरेन

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १० गते १५:२१

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

मंगलबार अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएको हो ।

अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

भण्डारी दरपीठका विरुद्ध पनि अदालत जाने भएका छन् ।

तपाइँको प्रतिक्रिया