शनिबार, माघ २१, २०७९

मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रा.लि. लाई ८० करोड बैंक ऋण

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ९ गते १४:३७

पुस २२ गते कारोबार छोडेर सपरिवार भारत गएका उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो ।
अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि पचास लाखको चेक बाउन्सको जाहेरी दिएका थिए । अग्रवाल सबैको ऋण तिर्न भन्दै काठमाण्डौ आएका हुन् ।
गत महिना देखि उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन् ।

स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड, एभरेष्ट बैंकले २२ करोड, मेगा बैंकले २३ करोड र ग्लोबल आइएमई बैंकले साढे ७ करोड ऋण दिएका छन् । ऋण प्रवाहका लागी ज्ञानेश्वरको घर, सुरज अपार्टमेन्टको फ्ल्याट, स्टक मदिरा, कालिमाटीको २२ आना जग्गा र ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखिएको छ ।

तपाइँको प्रतिक्रिया