शनिबार, माघ २१, २०७९

भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ८ गते १९:२५

आज दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज बसेको बैठकमा पेश गरेपछि बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनका साथै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन गरेका थिए । विसोधका बिच दिउसो एमसीसी टेबल नै भएपछि आन्दोलन थप उग्र बन्यो ।

सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् भने कम्तिमा ५० जना पक्राउ परेका छन् । घाइते हुनेमा नेपाल प्रहरीतर्फ १७ जना छन् भने सशस्त्र प्रहरीतर्फ ७ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भएको थियो ।

प्रहरीले झडपका क्रममा ५० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको जनाएको छ । यस्तै प्रहरीले ढुंगामुढा छेक्ने २५ वटा ढाल फुटेको पनि जनाएको छ ।

तपाइँको प्रतिक्रिया