हामी द्वन्द्व बढाउने पक्षमा छैनौँ – केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् ।
उनले आन्तरिक छलफका क्रममा शान्तिपूर्ण निकासको पक्षमा एमाले रहेको बताए ।
उनले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको पनि बताएका छन् । सत्तारुढ गठबन्धन सरकारले भने अझै द्वन्द्व बढाउन चाहेको उनको भनाइ थियो ।
‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झडपको अवस्था भएपछि बल्ल ल्याइयो ।’ ओलीले भने
उनले अगाडी भने, ‘हामी द्वन्द्व बढाउने पक्षमा छैनौं । शान्तिपूर्ण निकासको पक्षमा छौँ ।’
ओलीले आफूहरु संदसीय प्रक्रियाबाट विमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताउ । ‘यदि संसदीय प्रक्रियामा हामीले भाग लिन पायौं भने हाम्रो एउटा स्ट्याण्ड हुन्छ’, ओलीले भनेका थिए ।
संसदमा आइतबार पनि एमालेले आफ्नो विरोधको कार्यलाई कायमै राखेको थियो ।