बिहीबार, माघ २६, २०७९

माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधी – शंकर पोखरेल

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ६ गते २०:३९

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको भएको बताएका छन् ।

एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई काँग्रेसमा लगेर बिक्री गरेको कारण बताउँदै महाअपराधी नै रहेको बताए ।

‘दक्षिणपन्थी अवसरवादको आजको प्रतिनिधि पात्र भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हो । बामपन्थी सरकार निर्माणका लागि दिइएको जनमतलाई कम्युनिष्ट सरकार ढालेर अर्काे प्रतिक्रियावादीलाई बिक्री गर्ने काम प्रचण्ड माधवले गरे,’ महासचिव पोखरेलले भने, ‘त्यसकारण प्रचण्ड र माधव सामान्य अपराधी मात्रै होइनन, महाअपराधी हुन् । यो कुरालाई निसंकोच भएर जनताको बीचमा लानुपर्छ ।’

‘माधव नेपालले बिगतमा जे छवी बनाएका थिए, पछिल्लो समयमा बिधि पद्धती, अनुशासन उलंघन गर्ने कुरामा रेकर्ड तोडने नेता र खलपात्रका रुपमा स्थापित हुनुभयो,’ पोखरेलको भनाई थियो ।

उनले माधव र प्रचण्डलाई लिएर जनताको माया पाइन्छ भन्ने भ्रममा नपर्न सजग गराए ।

‘प्रचण्ड र माधवतिर लागेका पालिकाका इमान्दार कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ तर प्रचण्ड र माधव पनि कम्युनिष्ट नै हुन् भनेर मिलाएर लान पाए हुन्थ्यो कि भन्ने दिगमागमा छ भने त्यो मानसिकता र दिमागबाट पार्टी निर्माण हुँदैन, जनताको माया पाईंदैन,’ पोखरेलले भने ।

तपाइँको प्रतिक्रिया