मंगलबार, माघ २४, २०७९

आज बसेको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल भएन, अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ४ गते १३:५८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल पछि

आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बतायो ।

आजको बैठकमा यदि एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय भएको कुरा सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसिसी टेबल नगर्न सहमत भएका हुन् ।

एमसिसीबारे थप छलफल गर्न बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र तीन जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिने भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने भएको छ।

तपाइँको प्रतिक्रिया