मंगलबार, माघ २४, २०७९

काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ४ गते ९:०८

एमसिसीको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो ।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै नपरेता पनि सवारीसाधन भने अघिल्लो दिनको तुलनामा केही कम चलेका छन् । बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव देखिएको छैन । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाइँको प्रतिक्रिया