शनिबार, माघ २१, २०७९

एमसीसी टेबल गराउने र पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ३ गते १४:५४

मंंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने र पक्षमा मतदान गर्ने निर्णय गरेको सहभागी एक सांसदले जनाएका छन् ।

मंगलबार बसेको काँगे्रस संसदीय दलको बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका छन् । उनले एमसीसीमा एमालेको दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको एक सांसदको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।

प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया