शनिबार, माघ २१, २०७९

एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २ गते १५:३०

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् ।
‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न । अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने ।
संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले स्वीकार गर्न नहुने बताए । ‘सर्वोच्चको फैसला सबैले मान्नुपर्छ । संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्वीकार गर्नुपर्छ,’ उनले भने, ‘२०५१ मा मनमोहनले संसद भंग गरेपछि पुनःस्थापनाको फैसला गर्ने तत्कालीन प्रन्याविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याएको थियो। त्यो बेला म सभामुख थिएँ। नियम, कानून पल्टाएर हेरेपछि मैले त्यो प्रस्तावलाई अघि नबढाउने निर्णय गरेको थिएँ ।’

तपाइँको प्रतिक्रिया