शुक्रबार, माघ १३, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २ गते १२:३१

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले अपनाउने रणनीतिका बारेमा औपचारिक निर्णय गर्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो । एमालेमा सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग लगाएकाले संसद् विघटन बदर गर्ने अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया