शुक्रबार, माघ १३, २०७९

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

फ्ल्यासन्युज नेपाल२०७८ फागुन २ गते १२:११

सभामुख अग्नि सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

लामो समय देखि सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै
एमालेले संसद अवरूद्ध गर्दै आएको छ ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ ।

आजको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित हुने गरेको थियो ।

तपाइँको प्रतिक्रिया