स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय
फ्ल्यासन्युज नेपाल२०७८ माघ २४ गते २१:०४
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
सोमबार अपराह्न बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगले जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेको थियो । सरकारले पाँच दिनअगावै निर्वाचनको मिति तोकेको छ ।
कानुनी र व्यवहारिक पक्ष मिलाउन वैशाख ३० गतेका लागि निर्वाचनको मिति तोकिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले जानकारी दिएका छन् ।