शुक्रबार, माघ १३, २०७९

छलफलमा एमालेले सत्तापक्षमा एमसीसीबारे स्पष्टता हुनुपर्ने जनाएको छ

फ्ल्यासन्युज नेपाल२०७८ माघ २३ गते १९:४१

आइतबार बालुवाटारमा भएको करिब दुई घण्टा लामो छलफलमा सञ्चारमन्त्रि एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलको पनि सहभागीता रहेको थियो ।
छलफल हार्दिकताका साथ भएको प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।
बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने, “आजको बैठकमा संसद्मा देखिएको अवरोध, एमसीसी र स्थानीय तहको निर्वाचनबारे खुलस्त छलफल भयो ।
एमालेले सत्तापक्षमा एमसीसीबारे स्पष्टता हुनुपर्ने जनाएको छ ।
सत्ता गठबन्धनका दलहरुबाट समान धारणा आएपछि मात्रै एमालेले आफ्नो धारणा राख्ने जनाएको छ ।
आगामी दिनमा फेरि यिनै विषयमा छलफल हुने सहमतिका साथ बैठक सम्पन्न भएको छ । आजको छलफल संसद् प्रभावकारी बनाउने विषयमा सकारात्मक कुराकानी भएको छ । एमसीसीलाई निश्कर्षमा पुर्याउनको लागि पनि सकारात्मक छलफल भएको छ ।”
एमसीसीबारे चाँडै टुंगोमा पुगिने कार्कीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया