नेपालको कानुन भन्दा माथि एमसीसीको बुँदा
काठमाडौँ, २३ माघ । सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गरे पनि एमसीसी मुख्यालयलाई भने जस्ताको तस्तै पारित गर्ने लिखित प्रतिवद्धता पठाएको खुलासा भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमै प्रचण्ड र आफूले एमसीसी मुख्यालयलाई पारित गर्ने पाँच महिनाको समय मागेर पठाएको बताएका छन् । जसमा प्रधानमन्त्री र प्रचण्डको हस्ताक्षर रहेको छ ।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले समेत प्रधानमन्त्री र प्रचण्डले एमसीसी पारित गर्ने भनेर प्रतिवद्धता पत्र लेखेको बताएकी छन् ।
कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा सुमारले यस्तो खुलासा गरेकी हुन् ।
देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । विश्लेषकहरु अब गठबन्ध टुट्ने बताउँछन् ।
यता पार्टी र जनतालाई भने प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा पारित नहुने बताउँदै आएका छन् भने एमसीसीको मुख्यालयले एमसीसी संशोधन हुन नसक्ने बरु फिर्ता जाने स्पष्ट पारिसकेको छ ।
एमसीसी सम्झौताको बुँदा नम्बर ७।१ मा भनिएको छ, ‘यो कन्ट्याकट लागू भएपछि यसका सर्तहरु नेपालका कानून भन्दा माथि हुनेछन ।’