शुक्रबार, माघ १३, २०७९

आज बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा

फ्ल्यासन्युज नेपाल२०७८ माघ २३ गते ९:५६

आज बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ ।
आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने जनविश्वास रही आएको छ ।
आज विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ । आजको दिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ ।
काठमाडौं उपत्यकाको स्वयम्भू, मैतिदेवी र गैरीधारास्थित नील सरस्वती, र ललितपुरको लेलेमा सरस्वती पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ ।
कोरोना महामारीका कारण अघिल्लो वर्षमा झै यस वर्ष पनि काठमाडौंका सबै सरस्वती स्थानमा आराधना गर्नेको संख्या पातलिएको छ ।

तपाइँको प्रतिक्रिया