बिहीबार, माघ २६, २०७९

८ हजार ५ सय परीक्षण गर्दा थप १ हजार ७१४ जनामा कोरोना, ९ को मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ माघ २२ गते १९:०२

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार २८८ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ९९ हजार ३०३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७१ जना कोरोनामुक्त भएका छन् ।
योसहित निको हुनेको संख्या ८ लाख ६३९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० जना रहेको छ ।
थप ५ लाख ८८ हजार ४४० जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया