बिहीबार, माघ २६, २०७९

खर्च जोगाउन तीनै तहको निर्वाचन एकैपल्ट गर्नुपर्छ- नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ माघ १२ गते १६:२७

काठमाडाै । सत्ता साझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले खर्च जोगाउन तीनै तहको निर्वाचन एकैपल्ट गर्न प्रस्ताव गरेको बताएका छन् ।

पार्टी कार्यालय शान्तिनगरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश र संघको निर्वाचन एकै पटक गर्दा १० अर्ब रुपैयाँमै सकिने बताए । उनले यही अनुसार छलफल चलाइरहेको बताएका छन् ।

अध्यक्ष नेपालले संविधानलाई सर्वोपरि राखेर कानून बमोजिम नै निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे ।

उनले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्ने दाबीसमेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको निर्वाचनमा पनि तरंग पैदा गर्ने बताए।

तपाइँको प्रतिक्रिया