शुक्रबार, माघ १३, २०७९

भन्सार कार्यालयलाई एकद्वार अनलाइन प्रणालीबाट लागू गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ माघ १२ गते १०:४७

काठमाडौं । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ । आज विश्व भन्सार दिवसको अवसर पारेर सरकारले यस्तो प्रणाली लागु गर्न खोजेको हो । हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाउने गरिन्छ ।

यस बर्ष भन्सार दिवसको नारा नै भन्सार डिजिटल रुपान्त्रण रहेको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ’क्यासलेस’ र ’पेपरलेस’ बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनुभयो । भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ ।

तपाइँको प्रतिक्रिया