शुक्रबार, माघ १३, २०७९

आज थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आउँदै

फ्ल्यासन्युज नेपाल२०७८ माघ ११ गते ९:४३

काठमाडौं । कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आउँदैछ ।

खोप आज बिहान ९ बजेर १० मिनेटमा कतार एयरबाट नेपाल आइपुग्ने छ । यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो ।

यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताउनुभयो ।

यसअघि आएको मोडर्ना खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो। अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय भइसकेको छैन

तपाइँको प्रतिक्रिया