बिहीबार, माघ २६, २०७९

एकै दिन १० हजार तीन सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ माघ १० गते १६:२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार भन्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार २०१ जनामा गरिएको परीक्षण मध्ये आज १० हजार तीन सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप २५ सय ४० जनामा कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । आज चार जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६५९ पुगेको छ ।

तपाइँको प्रतिक्रिया