शुक्रबार, माघ १३, २०७९

हुम्लामा निरन्तर हिमपात, जनजीवन प्रभावित

फ्ल्यासन्युज नेपाल२०७८ माघ १० गते १४:११

काठमाडौं । हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातसँगै सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ।

बाक्लो रुपमा हिमपात भएसँगै त्यहाँको जनजीवन प्रभावित बनेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बाक्लो हिमपात भएपछि वृद्ध, बालबालिका तथा चौँरीपालक कृषकलाई कठिन भएको स्थानियले गुनासो गरेका छन् ।

हिमपातका कारण नाम्खा गाउँपालिका– ६ लिमी जाने पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेक र उत्तरी हिल्सा आवतजावत गर्ने नारा लेकको बाटो अवरुद्ध बनेको छ ।

तपाइँको प्रतिक्रिया