मंगलबार, माघ २४, २०७९

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कार्यरत २१६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ माघ १० गते १३:४४

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

 

एउटै स्वास्थ्य संस्थामा कार्यरत यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो । एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा. विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

तपाइँको प्रतिक्रिया